काठमाडौं, पुस १७ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउन केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय कार्य समिति बैठक दिउँसो २ बजे पछि पार्टी कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा राष्ट्रियसभा निर्वाचन रणनीति, उम्मेवार सिफारिस तथा राष्ट्रियसभा निर्वाचनका लागि अन्य दलसंगको सहकार्यका बारेमा छलफल हुनेछ ।
पछिल्लो समय संस्थापन पक्ष र इतरपक्षबीच जारी आन्तरिक विवादकाबीच कंग्रेसले थप निर्णय गर्न लागेको हो । यसअघि गत शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षिय नेताहरुको उपस्थित विनै पार्टीको महाधिवेशन कार्यतालिका, भातृ संस्था, विभाग गठन लगायतका बारेमा निर्णय गरेको थियो ।
संस्थापन इतरपक्षले सभापति देउवाले पार्टीको विधान विपरित जान खोजेको भन्दै तत्काल केन्द्रीय कार्यसमितिका निर्णयहरु सच्याउन माग गर्दै आजको बैठकमा पनि उपस्थित नहुने अडान दोह्याएको छ ।