काठमाडौं, पुस १७ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभामा रिक्त रहेको सभामुखको उम्मेद्वार चयन गर्ने एजेण्डाबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्हृ ४ बजे पछि बस्न लागेको हो ।
बैठकमा उमेद्वारको नाम प्रस्ताव गर्ने र प्रस्ताविक नाममा सहमतीको प्रयास खोजिने नेकपाले जनाएको छ । सभामुखका लागि नेकपामा पूर्व सभामुख सुभाष नेम्वाङ र अग्नी सापकोटाको चर्चा बढी छ । यद्यपी उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ ।
पूर्व एमाले पक्षले नेम्बाङलाई सभामुख बनाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिएका छन् । त्यस्तै तत्कालिन सभामुख आफ्नो कोटामा रहेको भन्दै माओवादी धारले त्यसमा दायाँबायाँ नहुने भन्दै सापकोटालाई भावी सभामुखका रुपमा अघि सारेको छ ।