पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने देउवाको दावी

पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने देउवाको दावी

  • बुधबार, पुस १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

विराटनगर, १६ पुस ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने बताउनु भएको छ । विराटनगर विमानस्थला आज संचारकर्मीसंग कुरागर्दै सभापती देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललगायतले मिति तोकनु पर्ने माग गरिरहेकोले महाधिवेशनको मिति तोकिएको प्रष्ट पार्नुुभयो । उहाले सहमतीको आधारमा एकतावद्ध भएर पार्टीको महाधिवेशन हुने भन्दै यस विषयमा अनावश्यक विवाद गर्नु जरुरी नभएको वताउनुभयो ।
‘पार्टीका नेताहरुले एक्लै वा समूहमा जहाँ पनि आपूmलाई भेट्न वा महाधिवेशनको बारेमा छलफल गर्न आए हुन्छ,भन्नुुहुदै उहाले, ‘सहमतिमा पार्टी चलाउनका लागि तीन बर्षसम्म कुरेर बसेको तर सहमति हुन नसकेकोले बहुमतको आधारमा निर्णय लिएर पार्टीलाई अघि वढाएको वताउनुभयो ।
सभापति देउवाले सरकारले एमसिसी पास गर्नुको बिकल्प नभएको बताउनुभयो । ‘मुलुकमा पहिलो पटक मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसिमा अमेरिकाले ५५ अर्ब रुपैयाँ ग्राण्ट दिएको छ, र ‘यति ठूलो रकमको ग्राण्ट अहिलेसम्म मुलुकमा प्राप्त नभएकोले यसलाई पास गर्नुको बिकल्प नभएको उहाले वताउनुभयो ।’ उहाले सरकारले एमसिसी संसदबाट पास गर्नेमा आपूm विश्वस्त रहेको बताए ।
संसदमा सभामुख वा उपसभामुख कांग्रेसले पाउनुपर्ने देउवाले माग गरे । दलहरु विच राजनितिक सहमतीका लागी पनि सभामुख वा उपसभामुखपद्ध कांग्रेसले पाउनुपर्नेमा उहाले जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ