प्रदेश नं ३ : प्रदेशसभाको पाँचौ बैठक पुस २१ गते बस्ने

प्रदेश नं ३ : प्रदेशसभाको पाँचौ बैठक पुस २१ गते बस्ने

  • मङ्लबार, पुस १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको पाँचौ बैठक यही पुस २१ गते सोमबार दिनको ३ बजेका लागि आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिफारिसमा उहाँले बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयका कानून महाशाखाका अधिकृत राजेश तामाङले जानकारी दिनुभयो ।

यसअघि प्रदेशसभाको चौथो बैठक गत भदौ २५ गते अन्त्य भएको थियो । हाल प्रदेशसभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदूर किसान पार्टी, राप्रपा संयुक्त, राप्रपा र स्वतन्त्र सांसद १ गरी जम्मा ११० जना प्रदेशसभाका सदस्यले प्रतिनिधित्व गर्नुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ