प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय, सभामुख र एमसीसीबारे अनिर्णित

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय, सभामुख र एमसीसीबारे अनिर्णित

  • आइतवार, पुस १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

१३ पुस, काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठक निर्णय बिना नै टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे निर्णय गर्ने बताइए पनि कुनै निष्कर्ष निकाल्न सकेन ।

यौन दुव्र्यवहारको आरोप लागेका कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको सभामुख पदमा कसलाई ल्याउने भन्नेमा नेकपा विवाद छ । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको छनौट अलग अलग व्यक्ति भएकाले अनिर्णित भएको हो ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख आफुले बनाउने पक्षमा नेकपा रहेपनि नेताहरुको छनौट अलग अलग व्यक्ति भएकाले सहमति बन्न नसकेको हो । प्रधानमन्त्री ओली पूर्व सभामुख सुबास नेम्वाङ, दाहाल अग्नि सापकोटा र राष्ट्रपति वर्तमान उपसभामुख कै पक्षमा रहेको बताइएको छ ।

नेकपाको अनिर्णयकै कारण संसद सभामुख विहीन बनेको छ । र त्यसले संसदीय कार्वाही नै अबरुद्ध भएको छ ।

अमेरिकाबाट विद्युत् र सडक पूर्वाधारका लागि प्राप्त एमसीसी अनुदान स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा पनि नेकपाभित्र विवाद रहेको छ । अमेरिकाले अनुदानमा दिन लागेको करिब ५५ अर्ब रुपैयाँ स्वीकार्न सरकार तयार भएपनि पार्टी्भित्रका केही नेताले विरोध गरेकाले यसको निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको छ । अमेरिकाको इण्डो प्यासिफिक रणनीतिअन्तर्गतकोरकम भएकाले स्वीकार्न नहुने पक्षमा केही नेता रहेका छन् ।

यसैबीच , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेश ३ सरकारका एक मन्त्रीले प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको बताउनु भयो । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन ।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती र राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाभित्र मतविभाजन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ