विप्लव नेतृत्वको नेकपा नेतृ उमा भुजेलसहित ४ जना गिरफ्तार

विप्लव नेतृत्वको नेकपा नेतृ उमा भुजेलसहित ४ जना गिरफ्तार

  • शनिबार, पुस १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

इटहरी, १२ पुस ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल (शिलु) सहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेमा नेतृ भुजेलसहित मेची कोशी व्युरो कार्यलय सचिव सुमसिंह पौडेल, नेकपा मोरङका इन्चार्ज नरेश चौलागाई र क्षीतिज पौडेल रहेको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी र विशेष ब्यूरो संयुक्त टोलीले भुजेल र सचिव पौडेललाई आज बिहान सुनसरीबाट पक्राउ गरेको हो । नेतृ भुजेललाई प्रहरीले यसअघि पनि काठमाडौंबाट पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेश पछि उहाँ रिहा हुनुभएको थियो ।

भुजेल तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुनुहुन्छ । भुजेल सहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेको थियो । उनीहरुलाई चक्रघट्टिमा राखिएको जनाईएको छ ।

यसअघि मोरङ इन्चार्ज चौलागाइँ र क्षितिजलाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ