उपनिर्वाचन धाँधलीरहित, शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समितिको ठहर

उपनिर्वाचन धाँधलीरहित, शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समितिको ठहर

  • शुक्रबार, पुस ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, पुस ११ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले हालै सम्पन्न उप–निर्वाचन धाँधलीरहित, शान्तिपूर्ण रुपमा सम्पन्न भएको निश्कर्ष निकालेको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले आज काठमाडौमा पर्यवेक्षण प्रतिवेदनको समीक्षा गर्दे निर्वाचन स्वतन्त्रता, दक्षता, विज्ञता एवं व्यावसायिकतासहित प्रभावकारी रुपमा भएको निश्कर्ष निकालेको हो ।

पर्यपेक्षण समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले पर्यवेक्षण वैज्ञानिक विधि र मापदण्ड प्रयोग गरी सुक्ष्म ढंगबाट गरीएको बताउनुभयो ।

उहाँले ५२ वटै स्थानको मतदान प्रकृया तथा मतगणना सामान्यतया विना अवरोध प्रभावकारी रुपमा सम्पन्न भएको बताउनुभयो ।

पर्यवेक्षणको क्रममा स्थायी, दिर्घकालीन, घुम्ति, विशिष्ट र राष्ट्रिय तहका गरी ३ सय ३८ पर्यवेक्षक परिचालित थिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन सहज रुपमा गरीएको र आगामी दिनमा अझै निर्वाचन आयोगलाई वैज्ञानिक र आधुनिकीकरण गर्दे लागिने बताउनु भयो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताउनुभयो ।

प्रतिवेदनमा निर्वाचनमा देखिएका सवल पक्ष, मतदानका समयमा भएका घटना, निर्वाचन व्यवस्थापन, मतदानस्थलको छनौट, आचारसंहिता पालनालगायतका विषयमा सुझाव दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ