प्रतिनिधिसभाको बैठक आज बस्दै, नेकपाले सभामुखको नाम टुङग्याउन सकेन

प्रतिनिधिसभाको बैठक आज बस्दै, नेकपाले सभामुखको नाम टुङग्याउन सकेन

  • शुक्रबार, पुस ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, पुस ११ । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । यही पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो ।

पहिलो बैठकले निधन भएका चार जना पूर्वसांसदहरुको शोक प्रस्ताव पारित गरेको थियो । पुस ४ गते संसद बैठकअघि नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै गृहकार्यका लागि एक हप्ता संसद् नचलाउने निष्कर्ष निकालेको थियो ।

तर, यो अवधिमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया सुरु गराउने नेकपाको तयारी पूरा हुन सकेको छैन ।

आज बैठक सुरु हुनुअघि उपसभामुखले राजीनामा नगरेमा सभामुख चयन प्रक्रिया अघि नबढ्ने संसद् सचिवालय स्रोतले जनाएको छ ।

एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने कानुनी व्यवस्था भएसँगै नेकपाले सभामुख आफ्नो दलबाट बनाउने र उपसभामुख अन्य दलबाट बनाउने तयारी थालेको छ ।

तर नेकपाभित्रै सभामुख कसलाई बनाउने भन्ने बारेमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले निर्णय गरिनसकेको नेताहरुले बताएका छन् ।

यौन दुराचारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १८ गते राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।

उपसभामुख तुम्बाहाम्फेले सभामुख दावी गरेपनि नेकपाले त्यसबारे निर्णय गरिसकेको छैन ।

सभामुखका लागि संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता अग्नी सापकोटाको नाम चर्चामा रहेपनि नेकपाले त्यसबारे आधिकारीक निर्णय गरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ