काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्षलाई पेलेर जाने संस्थापनको तयारी

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्षलाई पेलेर जाने संस्थापनको तयारी

  • शुक्रबार, पुस ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, पुस ११ ।

विभाग गठन, नेविसंघ लगायतमा भागवण्डा नमिल्दा आन्तरिक किचलोमै फसिरहेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीभित्रको विवादित विषयमा संस्थापन र इतरपक्षबीच आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास भने अझै सफल हुन सकेको छैन ।

आन्तरिक विवाद समाधान गर्ने पटक पटकको प्रयास असफल भएसँगै असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पेलेरै अगाडि बढ्ने रणनीति संथापन पक्षले लिएको छ । आजको बैठकमा उनीहरु सहभागी नभएपनि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको स्रोतले जनाएको छ ।

सहमतिका लागि हिजो साँझ उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच भएको छलफल बिना निष्कर्ष सकिएको थियो ।

सहमतिका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै देउवा पक्षका नेताले केन्द्रीय कार्यसमिति बैठक अघि बढाउन दवाव दिएका छन् भने, आफ्ना माग पूरा नभए बैठकमा सहभागी नहुने असन्तुष्ट पक्षका अडान कायमै छ ।

गत मंसिर २६ गतेबाट सुरु बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गर्नुभएको ९ वटा एजेण्डाका अधिकांश बुँदामा असहमति जनाउँदै संस्थापन इतरपक्षले बैठक बहिस्कार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ