उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने, औपचारिक घोषणा केहिवेरमा

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने, औपचारिक घोषणा केहिवेरमा

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

पुस ८, काठमाडौं ।

उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकार छाड्ने निर्णय गरेको छ।

आज बिहान बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको जनाईएको छ । उक्त निर्णय भने केहिवेरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

उपप्रधानमन्त्री यादवले यादवले हिजोको मन्त्रीपरिषद्मा संविधान संशोधनको ठाडो प्रस्ताव लगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श नगरी एकलौटी रुपमा ल्याएको भन्दै ठाडै अस्विकार गर्नुभएको थियो ।

पार्टीको मुख्य माग नै संविधान संसोधन रहेको र उक्त प्रस्ताव लैजादाँ ठाडै अस्वीकार भएपछि लगत्तै बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो। पदाधिकारी बैठकलगत्तै यादवले मन्त्रिपरिषद्मा लगेको प्रस्ताव पनि सार्वजनिक गर्नुभएको छ ।

हेर्नुहोस् यादवले मन्त्रिपरिषद्मा लगेको प्रस्ताव

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ