कार्यशैलीमा परिवर्तन नभए गणतन्त्र धरापमा पर्छः मुख्यमन्त्री पौडेल

कार्यशैलीमा परिवर्तन नभए गणतन्त्र धरापमा पर्छः मुख्यमन्त्री पौडेल

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

हेटौडा, ८ पुस ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्नुभयो ।

आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको भेटमा मुख्यमन्त्री पौडेलले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यशैलीमा सुधार नभए नेपालमा गणतन्त्र नै धरापमा पर्ने भन्दै उहाँले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य व्यवस्थातर्फ जान कार्यहरुपनि समाजवाद उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यो वर्ष काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गरिने जानकारी दिनुभयो । विदेशबाट इन्धन भित्र्याएर खर्बौं रुपैयाँ बाहिर पठाउने काम बन्द गर्न पनि विद्युतीय सवारी सञ्चालनमा जोड दिइने उहाँको भनाइ थियो ।

प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सारेको, विश्वविद्यालय, शिक्षण अस्पताल बनाउँदै गरेको, रङ्गशाला, सडक, नेपाल प्रहरीका लागि ४८ वटा प्रहरीचौकी भवन निर्माण, एक विद्यालय एक नर्स कार्यक्रम गरिरहेकोलगायतको जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख अधिकारीले प्रदेश सरकारले भोगेका जटिलताको एकलभन्दा पनि सामूहिकरुपमा समाधान खोज्ने प्रयासस्वरुप अन्य प्रदेशसँग समेत छलफल तथा भेटघाट कार्यक्रम गरिएको बताउनुभयो । सबै हिसाबमा समृद्ध प्रदेश नं ३ सरकारसँग भावी योजना तथा विगतको अनुभव लिन पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले गण्डकी प्रदेशको प्रतिनिधिमण्डलसँग साक्षात्कार गर्न पाउँदा र दुई प्रदेशको अनुभव आदानप्रदान गर्न पाउँदा खुशी लागेको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ