ट्रष्टको जग्गा कौडीको भाउमा भाडामा दिने सरकारी निर्णयको सर्वत्र विरोध, लेखा समितिले सरकारलाई पत्र पठाउदैँ

ट्रष्टको जग्गा कौडीको भाउमा भाडामा दिने सरकारी निर्णयको सर्वत्र विरोध, लेखा समितिले सरकारलाई पत्र पठाउदैँ

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, ८ पुस ।

नेपाल ट्रष्टको जग्गा कौडीको भाउमा भाडामा दिने सरकारी निर्णयको सर्वत्र विरोध भईरहेको बेला संसदीय समितिले सरकारसँग जवाफ माग्ने भएको छ । त्यसका लागि सार्वजनिक लेखा समितिले आज नीजि कम्पनीलाई कौडीको भाउमा भाडामा दिनुको कारणबारे जवाफ माग्दै सरकारलाई पत्र पठाउन लागिएको जनाएको छ ।

सरकारी निर्णयको प्रतिपक्षी दलका मात्रै नभएर सत्तारुढ दलकै अधिकांश नेताहरुले पनि विरोध गरेका छन् । गोकर्ण रिसोर्ट क्षेत्रको जंगल प्रयोग गर्ने अवधि ६ वर्ष बाँकी रहँदै सरकारले पुनस् २५ वर्षका लािग यति होल्डिङ प्रालीलाई नै दिएपछि नेकपा स्थायी समिति बैठकमा चर्को आलोचना भएको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले नेपाल ट्रस्टको सम्पत्ति प्रयोगमा भएको अनियमितता सम्वन्धमा सरकारको जवाफ माग गरेको छ । हालको सम्झौता अनुसार ३० वर्षका लागि सुरु वर्षबाट १ लाख ४० हजार र प्रत्येक वर्ष वृद्धि हुनेगरि अन्तिम वर्ष दुईलाख ६० हजारका दरले करिव ५६ करोड रुपैयाँ भाडा ट्रष्टले पाउने उल्लेख छ । ट्रष्टले पाउने भाडालाई हिसाव गर्दा प्रतिरोपनी मासिक ५ सय ६३ रुपैया मात्रै यति होल्डिङसले तिर्दै आएको छ ।

गोकर्ण रिसोर्टको जग्गा कौडीको भाउमा यतिलाई दिने सम्वन्धमा स्थायी समिति बैठकमा पनि आवाज उठेको सदस्य रघुजी पन्तले बताउनुभयो । मन्त्रीहरुले आफुखुसी निर्णय गरेकाले अपजसको भारी पार्टीले नलिने उहाँको भनाई छ ।

यस्तै ट्रष्टको कार्यलयले दरबारमार्ग्स्थित आफ्नो जग्गामा भवन बनाएर ३० वर्ष लिजमा दिने सम्झौतामा करिव ५ अर्ब रुपैयाँ अनियमितता भएपछि सार्वजनिक लेखा समितिले छुट्टै छानविन सुरु गरेको छ । ६ अर्व ९७ करोड रुपैयाँमा भवन बनाएर ३० वर्षसम्म सञ्चालन गर्ने प्रस्ताव गरेको थामसेर्कु डेभलपर्सलाई १ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता दिएको भेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ