भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छः नेता थापा

भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छः नेता थापा

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

तनहुँ, पुस ८ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनु भएको छ ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताउनु भयो ।

नेता थापाले युवाहरुको पुस्ताले नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्ने बताउनु भयो । नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने नेता थापाले ठोकुवा गर्नुभयो ।

नायक महानायकले देश बनाउन सक्दैनन् उहाँले अगाडि भन्नुभयो लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ।

कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ सभापति वैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ