एमसीसी सम्झौतामार्फत नेपाललाई फसाउने षड्यन्त्रः नेकपा(विज्ञप्तिसहित)

एमसीसी सम्झौतामार्फत नेपाललाई फसाउने षड्यन्त्रः नेकपा(विज्ञप्तिसहित)

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ , ८ पुष । नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौता संसदको हिउँदे अधिवेशनबाट पारित गराउने सरकारको तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाले अमेरिकाले उक्त सम्झौतामा नेपाललाई फसाउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको प्रतिरोध गर्न पनि सबैलाई आह्वान गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै अमेरिकाले नेपाललाई मोटो रकमको गुलियो विषमार्फत फसाउन एमसीसी सम्झौतामा फसाउने षड्यन्त्र राजनीतिक र सामरिक दुवै दृष्टिले नेपालका निम्ति खतरनाक भएकाले सदन र सडक सबैतिरबाट सम्झौताका विरुद्ध सबै राजनीतिक पार्टी, लोकतान्त्रिक शक्तिहरू, बुद्धिजीवी, नागरिक समाज, देशभक्त र क्रान्तिकारी शक्तिहरूसमक्ष अपिल पनि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले उत्तरसाम्राज्यवाद र एकाधिकार पुँजीवाद भयङ्कर आर्थिक, वैचारिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको भन्दै त्यो सङ्कट व्यापारयुद्ध र सैन्य युद्धका रूपमा अभिव्यक्त भएको बताएका छन् ।

विज्ञप्तिको अन्त्यमा प्रकाण्डले नेपालमा सैन्य अखडा कायम गराउन ढोका खोलिदिने राष्ट्रघाती, देशद्रोही दलाल प्रवृत्तिका विरुद्ध आआफ्नो स्थानबाट प्रभावकारी प्रतिरोध गर्नसमेत सबैसँग अपिल गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ