सीमा समस्या समाधान गर्न तयार रहेको भन्दै भारतले पठायो यस्तो पत्र

सीमा समस्या समाधान गर्न तयार रहेको भन्दै भारतले पठायो यस्तो पत्र

  • मङ्लबार, पुस ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ८ पुस । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ ।

भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो ।

नेपालको पत्रलाई एक महिनापछि भारले ‘रेस्पोन्स’ गरेको हो ।

यसै साता नेपालस्थित भारतीय दूताबासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाएको पत्रमा ‘कालापानी–सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको’ उल्लेख छ ।

बार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरे पनि भारतले पठाएको पत्रमा मिति उल्लेख छैन ।

पत्रमा ‘आपसी समझदारीमा उपयुक्त तिथिमा बार्ता गर्ने’ ब्यहोरा छ । -कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ