अबदेखि बैंकमा नेपाल भ्रमण वर्ष २०२० को लोगो

अबदेखि बैंकमा नेपाल भ्रमण वर्ष २०२० को लोगो

  • सोमवार, पुस ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, ७ पुस ।
चेकबाहेक बैंकिङ कारोबारमा प्रयोग हुने भौचर, बैंकको वेवसाइट, भिसा कार्ड र बैंकको होर्डिङ बोर्डमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिने भएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराई र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबीच भएको छलफलमा भ्रमण वर्षको लोगो राख्ने निर्णय भएको हो।
पर्यटनमन्त्री भट्टराईले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आग्रह गर्दै जनवरी १ को उद्घाटन समारोहमा कम्तिमा पनि एउटा संस्थाबाट ५० जनाले सहभागीता जनाउन पनि भने ।
यस्तै मन्त्री भट्टराइले काठमाडौं बिमानस्थलले नधान्ने भएकाले निजगढ बिमानस्थल बनाइने बताए । उनले यो बिमानस्थल बन्ने कुरामा ढुक्क हुन सबैमा आग्रह गरे ।
बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहालले अवश्यक तयारी गर्नुपर्ने र योजना बनाउन भ्रमण वर्षको लोगो राख्नु पर्ने बताए । उनले बैंक सामाजिक संजालमा प्रबर्द्धन गर्न तयार भएको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ