निजगढ विमानस्थलको विकल्प अन्यत्र खोज्न सकिँदैनः मन्त्री भट्टराई

निजगढ विमानस्थलको विकल्प अन्यत्र खोज्न सकिँदैनः मन्त्री भट्टराई

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, पुस ६ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कुनै हालतमा नरोकिने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ‘अब निजगढ विमानस्थलको विकल्प अन्यत्र खोज्न नसकिँने भन्दै कुनै पनि वहानामा विमानस्थल निर्माण कार्य नरोकिने बताउनु भएएको हो ।

नेपाल पर्यटन बोर्ड र मन्त्रालयले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०, राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल ९एनप्याब्सन० र प्याब्सन, शिक्षक संघलगायतका संस्थासँग गरिएको छलफलमा बोल्दै उहाले निजगढको विकल्प भैरहवा र पोखरा हुन नसक्ने दाबी गनुर्एभएको छ ।

त्यस्तै, मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमलाई सफल बनाउन सबै शिक्षक, विद्यार्थी र विद्यालयलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । जनवरी १ मा दशरथ रंगशालामा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण वर्ष सुरू भएको घोषणा गर्ने्छिन भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने तय गरिएको छ । त्यस्तै, सातै प्रदेश कार्यालयमा पनि कार्यक्रम गरिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ