भारतसंग कूटनितीक वार्तागर्न सरकारलाई नेकपाको निर्देशनः एमसिसीको जिम्मा सचिवालयलाई, वामदेवको उपाध्यक्ष केन्द्रीय समितिबाट

भारतसंग कूटनितीक वार्तागर्न सरकारलाई नेकपाको निर्देशनः एमसिसीको जिम्मा सचिवालयलाई, वामदेवको उपाध्यक्ष केन्द्रीय समितिबाट

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, ६ पुस ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ।

आइतबार सम्पन्न स्थायी समिति बैठकले एमसिसीबारे विवाद टुंग्याउने जिम्मा सचिवालय र विधान संशोधन गरी वामदेव गौतमलाई उपाध्यक्ष बनाउने जिम्मा केन्द्रीय समिति बैठकलाई दिइएको छ। यस्तै  भूमि समेत अतिक्रमण गरेर जारी गरेको भारतीय राजनीतिक नक्सा अस्वीकार गर्दै भारतसँग कुटनीतिक वार्ता गर्न निर्देशन  दिएकाे छ ।

बैठकले पुस २३ का लागि केन्द्रीय समिति बैठकसमेत आह्वान गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनलाई संशोधनसहित पारित गरेको तथा महासचिव विष्णु पौडलले प्रस्ताव गरेको विधान संशोधनको प्रस्ताव पनि पारित भएको छ।

‘एमसिसीलाई इन्डो-प्यासिफिकको अंग होइन भनी अमेरिकी सरकारले पुष्टि गरेमा यसको पक्षमा जाने शर्तसहित यसबारे पार्टीको धारणा बनाउने जिम्मा सचिवालयलाई प्रदान गरिएको छ,’ श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘विधान संशोधन गरी वामदेव गौतमलाई उपाध्यक्ष बनाउने अधिकार केन्द्रीय समितिलाई दिइएको छ।’

प्रवक्ता श्रेष्ठका अनुसार नेपाली भूमिमा भारतीय पक्षले राखेका सुरक्षाकर्मी हटाउनुपर्ने तथा लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा भएका सीमा समस्या समाधान गर्न सरकारलाई पहल गर्न आग्रह गरेको छ ।

त्यस्तै कालापानी क्षेत्रको नेपालको भू–भाग फिर्ता गर्ने तथा भारतीय सुरक्षा शिविर हटाउन कदम चाल्ने पहललाई नेकपाले स्वागत गर्दै राष्ट्रियताका सवालमा देखिएको अभुतपूर्व एकतालाई स्वागत गर्दै यो समस्या समाधान गर्न अझै एकताबद्ध हुनुपर्ने नेकपाको निर्णय छ ।

स्थायी समिति सदस्य भीम रावलले कालापानी क्षेत्र नेपालको भएकोमा दुविधा नभएको भन्दै सरकारले यसवारेमा तत्काल कुटनीतिक वार्ता गर्नुपर्ने निर्णय भएको बताउनु भयो । गत मंसिर २९ मा सुरु भएको स्थायी समिति बैठकमा एमसिसीको विषयबारे सदस्यहरूबीचै चर्काचर्की परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ