कांग्रेसद्वारा हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्न सरकारसँग माग

कांग्रेसद्वारा हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्न सरकारसँग माग

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडाैं, ६ पुस ।

नेपाली कांग्रेसले हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर हङकङमा नेपालीहरुलाई ट्रान्जिट भिसा व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री ज्ञवालीलाई लिखित पत्र बुझाउन प्रमुख सचेतक खाणसहित कांग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, नेपाल मकाउ चेम्बर अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर पुगेका थिए ।

‘काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन सोझो हवाई उडान नभएकोले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाई भोग्नु परेको छ,’ खाणद्वारा परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘सबैभन्दा पायक पर्ने सहज रुट काठमाडौं–हङकङ–मकाउ गर्न नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिसा व्यवथा गरिदिन अनुरोध गर्दछु ।’

‘वर्क पर्मिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवा रोजगारीका लागि मकाउमा रहँदै आएका छन् ।

भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताएका थिए ।

यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता मन्त्री ज्ञवालीले जनाएको प्रमुख सचेतक खाणले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ