एमसीसीका कारण नेकपा स्थायी समिति बैठक लम्बियो

एमसीसीका कारण नेकपा स्थायी समिति बैठक लम्बियो

  • शनिबार, पुस ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं ५ पुुस ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद हुँदा लम्बिएको छ ।
सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो । प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ । हिउँदे अधिवेशन हिजोबाट सुरु भएको छ । संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

नेकपा स्थायी समिति बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी रहेपछि आज टुंगो लाग्ने भनिएको बैठक एक दिन लम्बिएको हो । आजको बैठक एमसीसीबारे नेतृत्वले थप छलफल गरेर भोली बिहान ११ बजे बस्ने निर्णय गर्दै टुंगिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राखेपछि छलफलको क्रम पूरा भएको छ । बैठकमा सबै सदस्यले राखेका धारणाको सम्बन्धमा पार्टी अध्यक्ष ‘प्रचण्ड’ले विभिन्न विषयमा जवाफ दिनुभएको थियो । यसैगरी विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाका बारेमा महासचिव पौडेलले प्रष्ट पार्नुएको हो ।

प्रचण्डले जवाफ दिने क्रममा स्थायी कमिटीको बैठकमा व्यक्त विचारले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीब्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको प्रष्ट पार्नुभएको थियो ।

अध्यक्ष र महासचिवको जवाफपछि आज नेताहरुले विभिन्न विषयहरुमा पुरक जिज्ञासाहरु राखेका थिए । प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई भोलिको बैठकले पारित गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

एमसीसीको विषय चर्को रुपमा उठेपछि बैठक एक दिन लम्बिएको हो । एमसीसीबारे नेतृत्वले छलफल गरेर मात्र निर्णयमा पुग्ने भन्दै बैठक लम्बिएको एक नेताले जानकारी दिनुभएको छ । नेकपा केन्द्रीय समिति पुस ११ गते बोलाउने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ