यूनियन लाईफ इन्स्योरेन्सले साढे ६४ लाख कित्ता आइपिओ निष्काशन गर्ने

यूनियन लाईफ इन्स्योरेन्सले साढे ६४ लाख कित्ता आइपिओ निष्काशन गर्ने

  • शुक्रबार, पुस ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, ४ पुस ।
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधरणका लागि साढे ६४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको दोस्रो वार्षिक साधारण सभा उक्त निर्णण गरेको हो ।
वार्षिक साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आईपीओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडि बढाउने सहमती प्रदान गरेको छ ।
आईपीओ निष्काशनका लागि कम्पनीको यस अघि २०७४ कार्तिक १५ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले निर्णय गरिसकेको छ। कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ।
कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४÷०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४÷०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलाततथानाफा–नोक्सानहिसाब, नगद प्रवाह विवरण तथा नेपालवित्तीय प्रतिवेदनमान बमोजिमको वित्तीयविवरण समेत स्वीकृत गरेको छ ।
यसै गरी आ.ब. २०७५÷०७६ कालागि लेखा परीक्षकको नियूक्ती तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्र्तगत भएका खर्चहरु समेत स्वीकृत गरेको छ ।
कम्पनीको अध्यक्ष शुलभ अग्रवालले दोस्रो वार्षिक साधारण सभामा मन्तव्य राख्दै नयाँ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगती प्रशंसा योग्य रहेको र आगामीदिन प्रभावकारी योजना सहित कम्पनीलाई आम नागरिकको भरोसायोग्य कम्पनी बनाउने बताए।
यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बीमा क्षेत्रमा यूनियन लाइफले गौरबमय उपस्थिती बनाउन सफल भएको जनाउँदै कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने दाबी गरे।
देशको संघिय ढाँचा अनुसार प्रादेशिक कार्यालय र उक्त कार्यालय मातहत रहने गरी शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी देशव्यापी पहुँच कायम गर्न कम्पनी सफल भएको छ । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयरको संस्थापक लगानी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ