सवारी दुर्घटना न्यूनिकरणका उपाय खोजी गर्न उपसमिति गठन

सवारी दुर्घटना न्यूनिकरणका उपाय खोजी गर्न उपसमिति गठन

  • शुक्रबार, पुस ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

पुस ४, काठमाडौं ।

प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले सवारी दुर्घटना न्यूनिकरणका उपाय खोजी गर्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले पछिल्लो समय मुलुकभर भइरहेका सवारी दुर्घटना न्यूनिकरणका उपाय खोजी गर्न उपसमिति गठन गरेको हो ।

दुर्घटना न्यूनीकरण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी सहित समिति सदस्य गणेश पहाडीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमिति सदस्यहरुमा दुर्गा पौडेल, रंगमति शाही, यज्ञराज सुनुवार र गौरीशंकर चौधरी छन् ।

प्रतिवेदन तयार पार्न उपसमितिलाई २ महिनाको समयावधि दिएको छ । उपसमितिलाई संघ, प्रदेश र स्थानीय तहसम्म छलफल गरी दुर्घटना न्यूनिकरणका उपाय सहित प्रतिवेदन दिनुपर्ने जिम्मेवारी तोकिएको छ । बैठकमा सरकारी कर्मचारीहरुले दुर्घटना मानवीय कारणले भइरहेको जनाएका थिए ।

सांसदहरुले भने आफ्ना कमजोरी ढाकछोप गरेको भन्दै विरोध जनाएका थिए । बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ राजदूतसँग भेट्ने भन्दै केही समयमै बाहिरिनुभएको थियो ।

मन्त्रालयका सचिव देवेन्द्र कार्की, यातायात व्यवस्था विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाल र विज्ञलाई बोलाएर दुर्घटना कम गर्ने विषयमा समितिले आज छलफल गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ