पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध १ अर्ब २९ करोड कर छलीको मुद्दा

पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध १ अर्ब २९ करोड कर छलीको मुद्दा

  • बिहिबार, पुस ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

३ पुस, काठमाडौं । राजश्व अनुसन्धान विभागले पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध भ्याट छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी राज्यलाई १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ हानि नोक्सानी गराएको भन्दै विभागले बिहीबार वेभरेजका अमित गुप्तासहित ७ जना उपर करिब २ अर्ब रुपैयाँ जरिबाना र ३ वर्ष कैद सजायको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुण वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।

वेभरेजका वर्तमान तथा पूर्व सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारबाट बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर भएको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ