संवैधानिक परिषदबारे विवादास्पद विधेयक नल्याउन प्रधानमन्त्रीलाई देउवाको आग्रह

संवैधानिक परिषदबारे विवादास्पद विधेयक नल्याउन प्रधानमन्त्रीलाई देउवाको आग्रह

  • बिहिबार, पुस ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ, पुस ३ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज विहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा नेता रमेश लेखकलाई लिएर विहान बालुवाटार पुग्नु भएको थियो । भेटमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले संवैधानिक परिषद सम्बन्धी विवादास्पद विधेयक नल्याउन आग्रह गर्नु भएको छ ।

सरकारले संवैधानिक परिषद सम्बन्धी कार्य्विधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।

केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता लेखकले जानकारी दिनुभयो । नेता लेखका अनुसार भेटमा सभापति देउवाले सुरुमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ