नेकपाको स्थायी समिति बैठकमा सदस्यद्धारा धारणा राख्ने क्रम जारी

नेकपाको स्थायी समिति बैठकमा सदस्यद्धारा धारणा राख्ने क्रम जारी

  • बिहिबार, पुस ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

पुस ३, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिती बैठकमा आज पनि नेताहरुले धारणा राखिरहेका छन् । पार्टी कार्यलय धुम्बाराहिमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेले प्रस्तुत गरेको विधान संसोधन प्रस्तावमाथि हिजो बोल्न बाकीँ रहेका सदस्यहरुले धारणा राखिरहेका छन् ।

बैठकमा अमेरिकाको ईण्डो प्यासिफिक रणनीति र मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषय पेचिलो बनेको छ । राजनीतिक प्रतिवेदनमा धारणा राख्ने क्रममा इन्डो प्यासिफिक र एमसीसीको विषयमा सदस्यहरुबीच मत बाझिएको हो ।

भीम रावल, देव गुरुङ,लिलामणी पोखरेल, रघुजी पन्त लगायतका सदस्यहरुले एमसीसी अनुमोदनको विपक्षमा उभिन नेतृत्वलाई सुझाव दिका छन् । संसदबाट पारितको प्रक्रियामा रहेको एमसीसी राष्ट्रहित विपरित रहेको उनीहरुको तर्क छ ।

परराष्ट्रमन्त्री एवं स्थायी समिती सदस्य प्रदिप ज्ञवालीले भने एमसीसी ईण्डो प्यासिफिकको अंक नभएको भन्दै यसलाई फरक ढङ्गले बुझ्न आग्रह गर्नुभयो । हिजो सम्म करिब ३५ सदस्यले धारणा राखेको र सो क्रम आज पनि जारी रहने नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

भोलिबाट संसद बैठक पनि बस्ने भएकाले आज सदस्यहरुको धारणा सकाउने र भोलि अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएर प्रतिवेदन पारित गर्ने गरी तयारी भइरहेको नेता पाण्डेले जानकारी दिनुभयो ।

आइतबारबाट सुरु भएको बैठकमा नेकपा स्थायी समिति सदस्यहरुले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनसँगै महासचिव विष्णु पौडेलको विधान संसोधन प्रतिवेदनमा केन्द्रित रहेर धारणा राखिरहेका छन् ।
त्यस्तै समसामयिक विषयसँगै राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने विभिन्न विषयमा पनि सदस्यहरुले नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ