विराटनगरमा जुत्ता चप्पल मेलाः उद्घाटन तामझाम, स्टलका जुत्तामा पोलिस !

विराटनगरमा जुत्ता चप्पल मेलाः उद्घाटन तामझाम, स्टलका जुत्तामा पोलिस !

  • मङ्लबार, पुस १, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

विराटनगर, १ पुष । विराटनगरमा आजदेखि सुरु भएको ‘विराट जुत्ता चप्पल मेला–२०७६’ को तामझामसहित बाहिर उद्घाटन भईरहँदा भाडामा ल्याइएका जुत्ता पोलिस गर्ने कामदारबाट स्टलमा राख्न तयार गरिएका पुराना जुत्ताचप्पलमा हतार–हतार रंगरोगन र पुछपाछ चलिरहेको देखिन्थ्यो ।
नेपालका छ वटा जुत्ताचप्पल उत्पादक कम्पनिका उत्पादनको स्टल राखिएको जैन भवन परिसर विराटनगरमा प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियैतले उद्घाटन गरेका थिए ।
उद्घाटनका क्रममा मेला आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले नेपाली उत्पादनले बजार नपाएको, सरकारबाट सेवा सुविधा नपाएको जस्ता अनेकनौं गुनासो समेत मन्त्री अगाडी पोख्नुभयो । तर, भित्र मेलाका स्टलमा उपभोक्ताको आँखामा छारो हाल्न पुराना जुत्ताचप्पलमा रंगरोगन गरिरहेको कुरा त्यसबेला भुसुक्कै बिर्सनुभयो ।
शिखर सुज, बिएफ डियरहील सुज, रन सुज, शुज लैण्ड, लैण्ड वाल्क र हाइलाईफ ब्राण्डका जुत्ताचप्पलका स्टलले भरिएको मेलामा उद्घाटनकै दिन उपभोक्ता चासो समेत दिइएका थिए । विराटनगरमा तेस्रो संस्करणको जुत्ताचप्पल मेलाको उद्घाटन चलिरहँदा स्टलमै पुराना जुत्ताचप्पलमा रंगरोगन गर्ने कामदार देखेपछि धेरैले मन खिन्न पनि बनाएर फर्किए ।


टिकाउ र भरपर्दो जुत्ताचप्पल स्टलमा राखेर उपभोक्ताको पहुँचमा पु¥याउने आयोजकको दावी भने मेलास्थलमै आशंकामा परिणत भएपछि उपभोक्ताले प्रश्न मात्रै गरेका छैनन्, भरपर्दो नियमनकारी निकायमार्फत मेलास्थलमा राखिएका सामाग्रीको परीक्षण हुनुपर्ने माग समेत गरेका छन् ।
मन्त्री कुसियैतले नेपाली उत्पादनको प्रोत्साहन गर्ने भन्दै मेलामा राखिएका सबै ब्राण्डका जुत्ताको नाप लिएका थिए । सरकारले आवश्यक सहयोग गरेर नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र मेलामा राखिएका उत्पादनहरु ढुक्कले खरिद गर्न उपभोक्तालाई मन्त्री कुसियैतले आग्रह गरेका छन् ।


मेलामा तीन हजार प्रकारका जुत्ताचप्पलमा १५ देखि ६० प्रतिशतसम्म छुटको अवसर, एक सय रुपिँयादेखि दश हजार रुपिँयासम्मको जुत्ता चप्पल खरिद गर्ने मौका रहेको आयोजकले दावी गर्दै आएको छ । पन्ध्रदिनमा ५० हजार जोर जुत्ताचप्पल बिक्री गरेर एक करोड ५० लाखको कारोबार गर्ने लक्ष्य राखिएको छ ।
मेलामा पुराना जुत्तामा रंगरोगन गरिएको विषयमा आयोजकसँग जानकारी माग्दा धुलो मात्रै हटाएको दावी गरेका छन् । आयोजकमध्येका बिनय चौधरीले मेलामा पुराना जुत्ताचप्पलमा रंगरोगन गरेर उपभोक्ता झुक्याउने काम नभएको बरु धुलो टक्कटक्यार राम्रा जुत्ता बिक्री गर्न बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ