काठमाडौ, १ पुस ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आज पनि जारी रहनेछ ।
पार्टी कार्यलय धुम्बाराहिमा बस्ने बैठकमा आज पनि सदस्यहरुले अध्यक्षको राजनीतिक तथा सागठनिक प्रतिवेदनमाथि धारणा राख्ने छन् ।
बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ भने महासचिव विष्णु पौडेलले विधान संसोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
सोहि बिषयमा नेताहरुले आ आफ्नो धारणा राख्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आइतवार देखि सुरु स्थायी समिति बैठकमा हिजो बोल्न बाकीँ सदस्यहरुले आज धारणा राख्नेछन् । यसअघि बोल्ने अधिकांश सदस्यहरुले आफ्नै पार्टी नेताृत्वको सरकारले गरेका कामहरुप्रति असन्तुष्टि जनाउदै आलोचनात्मक समर्थन गरेका थिए । यस्तै स्थायी कमिटी सदस्यहरूले पार्टीभित्र झ्यांगिएको गुटबन्दी निरूत्साहित गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
स्थायी कमिटी सदस्यका लागि छलफलमा भाग लिन २० मिनेटको समय दिईएको छ । बैठक बिहान ११ बजे बस्ने छ ।