भारतले जारी गरेको नयाँ नक्शाको विरोधमा कालापानी जाऔं अभियान सञ्चालन गर्ने

भारतले जारी गरेको नयाँ नक्शाको विरोधमा कालापानी जाऔं अभियान सञ्चालन गर्ने

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं ।

नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकले भारतले जारी गरेको नयाँ नक्शाको विरोधमा कालापानी जाऔं अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीको मंसिर २६ देखि २९ गतेसम्म बसेको बैठकले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूमि समेटिएको भन्दै त्यसको विरोधमा चरणवद्ध आन्दोलन घोषणा गरेको हो  ।

आन्दोलनको तेस्रो चरणमा पार्टीको मोर्चा संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा र अन्य जनवर्गीय मोर्चाको पहलमा कालापानी जाऔं अभियान चलाउने बैठकपछि अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आन्दोलनको पहिलो चरणमा पुस महिनामा पार्टीका जनवर्गीय मोर्चाको बैठक बस्ने, विभिन्न पक्षसँग कार्यगत एकताका लागि छलफल चलाउने र देशका प्रमुख शहरमा विरोध प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीले निर्णय गरेको छ ।

त्यस्तै दोस्रो चरणमा माघदेखि देशब्यापी रुपमा पार्टी, संयुक्त मोर्चा, जनवर्गीय मोर्चाको संयुक्त अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको वैद्यद्वारा जारीविज्ञप्तिमा उल्लेख गरिएको छ ।

केन्द्रीय समिति बैठकले अध्यक्ष वैद्यले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । वैद्यले प्रतिवेदनमा कतिपय सीमा, समस्या र कमजोरी रहे पनि पार्टी काममा प्रगति हुँदै गएको कुरा उल्लेख गरेका छन् ।

बैठकले विकसित देश र मुख्यतः संयुक्त राज्य अमेरिकाबाट हुने अनियन्त्रित हरित ग्यास उत्सर्जनका कारण विश्वभर पैदा भएको वातावरणीय असन्तुलन र त्यसले निम्त्याउने खतराबारे जनतालाई सचेत गराउने र त्यसका विरुद्ध आवाज उठाउने निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ