मसीर ३० काठमाण्डौं । आज सोमबार अपरान्ह काठमाडौंमा भारतद्वारा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि अतिक्रमणको विरोधमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै राष्ट्रिय झण्डासहित शान्तिपूर्ण प्रदर्शनको तयारीकै क्रममा काठमाडौंको खुशीबुस्थित विनायक पार्टी प्यालेस क्षेत्रबाट ८ जना पक्राउ परेको खुलेको छ ।
यस अघि तीन जना पक्राउ परेको भनिए पनि ८ जना रहेको नेकपा निकट नेता कार्यकर्ताले बताएका छन् ।
विप्लव नेतृत्वको नेकपा निकट जवसमोर्चाले कार्यक्रमको तयारी गरेको थियो ।
पक्राउ परेका मध्य ६ जनालाई सोह्रखुट्टे प्रहरी वृत्त र २ जनालाई न्यूरोडस्थित जनसेवाको हिरासतमा राखिएको खबर छ । दिनेश नेपाली र बबिता सार्की लगायत पक्राउ परेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline