काग्रेस केन्द्रीय समिति बैठक बस्दै, संस्थापन र पौडेल पक्ष सहमती नजिक

काग्रेस केन्द्रीय समिति बैठक बस्दै, संस्थापन र पौडेल पक्ष सहमती नजिक

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

मंसिर ३०, काठमाडौं ।

आन्तररिक विवादकाबीच नेपाली काग्रेसको केन्द्रीय कार्यसमिति बैठकपनि आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पुनःबस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठक बस्नु अघि आज बिहान आन्तरिक समस्या समाधानका लागि गठित वार्ता टोलीका सदस्यहरुबीच छलफल भएको थियो ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा कांग्रेस नेताहरुबीच आज बिहान छलफल भएको हो । छलफलमा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु हृदयराम थानी र दिलेन्द्र प्रसाद बडु सहभागी थिए ।

छलफल सकारात्मक रुपमा अघि बढेको नेताहरुले बताएका छन् । अब निधीले सभापति शेरबहादुर देउवासँग र सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेर निष्कर्षमा पुग्ने तयारी छ । त्यसका लागि दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा छन् ।

महाधिवेशन तालिका, नेविसंघ, तरुण दललगायतका भ्रातृ संस्थाको नेतृत्व चयन, विभागहरु गठनलगायतका विषयमा देउवा र पौडेल पक्षबीच विवाद छ । यी विवाद चर्किएपछि २६ मंसिरमा पौडेल र सिटौला पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए । विवादका बिषयमा सहमती नजिक पुगेको जनाउर्दै नेता पौडेल पक्षीय नेता हृदयराम थानीले सहमती भए आजको बैठकमा सहभागी हुने जानकारी दिनुभयो ।

सभापति देउवाको चार वर्षे कार्यकाल पूरा हुन तीन महिना मात्र बाँकी रहेको बेला सभापति देउवाले महाधिवेशनको तालिका बनाउन चासो नदिएर उल्टै विभागहरु थप्ने लगायतका विवादास्पद प्रस्ताव ल्याएको भन्दै पौडेल र सिटौला पक्षका नेताहरु रुष्ट छन् ।

विवाद समाधानका लागि वार्ता गर्न देउवा पक्षले निधिलाई र पौडेल पक्षले सिंहलाई जिम्मा दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ