नेकपाको स्थायी कमिटी बैठक जारी, प्रचण्डद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

नेकपाको स्थायी कमिटी बैठक जारी, प्रचण्डद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, मंसिर ३० ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा आजबाट अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

धुम्बाराहिस्थित पार्टी कार्यलयमा जारी बैठकमा दाहालको प्रतिवेदनमाथि सामुहिक छलफल सुरु भएको संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिनुभयो ।

१ वर्षपछि आईतवारदेखिसुरु स्थायी समिति बैठकमा अध्यक्ष दाहालले १६ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । दाहालको प्रतिवेदनमा सरकार र पार्टीको कामकारबाही, सीमा समस्या, उपनिर्वाचनमा भक्तपुर र धरान तथा चितवनमा भोगेको हार, पार्टिको महाधिबेशन, पार्टीको रणनितिक लक्ष्य र पार्टी्भित्र झाङ्गिएको गुट उपगुट लगायतका विषय समेटिएको छ ।

त्यस्तै महासचिव विष्णु पौडेलले प्रस्ताव गरेको पार्टीको विधान संसोधनका विषयमा पनि छलफल हुँदैछ । नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउन बाटो खोल्ने गरेर महासचिव पौडेलले विधान संशोधनको प्रस्ताव गर्नुभएको छ ।

नेता नेम्बाङका अनुसार आजको बैठकमा प्रतिवेदनमाथी सामुहिक छलफल लगत्तै सदस्यहरुले आफ्नो रायसहित एजेण्डागत रुपमा धारणा राख्नेछन् । सदस्यहरुबाट प्राप्त भएको सुझावलाई समेट्दै राजनितिक प्रतिवेदन पारित हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ