सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक सकियो

सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक सकियो

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, २९ मंसिर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठक सकिएको छ । केन्द्रीय कार्यालय, धुम्बाराहीमा आज बसेको नेकपा स्थायी कमिटीको चौथो बैठकको अध्यक्षता अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो ।
बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामनासहित प्रस्ताव पारित गरिएको छ । उहाँ छिटो पूर्ण स्वस्थ भई नियमित पार्टी काममा सक्रिय हुने विश्वाससमेत व्यक्त गरिएको प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा पार्टी केन्द्रीय सचिवालयको तर्फबाट निम्न बमोजिमका ५ वटा एजेण्डाहरुः राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश्चात स्थायी कमिटीको बैठकको एजेण्डाका रुपमा स्वीकार गरिएको छ ।
आजको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभयो । यसैगरी विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभयो ।
स्थायी समितिको अर्को बैठक भोलि मंसीर ३० गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा पुनः बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ