काग्रेस केन्द्रीय समिति बैठक जारीः पौडेलद्धारा बहिस्कार, देउवा र कोइराला समूहबीच चार बुदे सहमति

काग्रेस केन्द्रीय समिति बैठक जारीः पौडेलद्धारा बहिस्कार, देउवा र कोइराला समूहबीच चार बुदे सहमति

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

मंसिर २९, काठमाडौं ।

आन्तरीक विवादका बीच नेपाली काङग्रेसको केन्द्रीय समिति बैठक जारी छ । ललितपुरको सानेपामा जारी बैठकमा वरिष्ठ नेता नेता रामचन्द्र पौडेलपक्ष भने सहभागी छैन । पौडेल बिहानै विराटनगर जानुभएको छ ।
उता १४ औं महाधिवेशन कार्यतालिकादेखि विभागको संख्या बढाएर नेतृत्व गर्ने विषयमा भएको विवाद छताछुल्ल भएपछि नेपाली कांग्रेसभित्रका शिर्ष नेताहरु सहमतीको प्रयासमा जुटेका छन् ।

महाधिवेशनको कार्यतालिकालाई लिएर असन्तुष्टि जनाउर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गत शुक्रबारको केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि काग्रेसको विवाद सतहमा आएको हो ।

उक्त विवाद मिलाउन सभापति शेरबहादुर देउवा नै सक्रिय हुनुभएको छ । उहाँले शनिबार बिहान बोहोराटारस्थित पौडेल निवास पुगेर छलफल गरेपनि सहमती भने हुन सकेको छैन ।
देउवाले आफना विश्वासिला पात्र विमलेन्द्र निधिलाई अगाडि सारेर सहमतिको प्रयास जारी राख्नुभएको छ ।

सोहि क्रममा उपसभापति निधिले महामन्त्री डा शशांक कोइरालासँग आज भेटेर छलफल गर्नुभएको खबर छ । कोइराला निवास महाराजगन्जमा भएको छलफलमा मुख्यतः चार वटा विषय महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने, विभागको संख्या बढाएर नेतृत्व चयन गर्ने, सभापति देउवाले यसअघि नै प्रस्ताव गरेका नेपाल विद्यार्थी संघको तदर्थ समितिको प्रमुख राजीव ढुंगानालाई बनाउनेदेखि तरुण दलका म्याद ६ महिना थप्नेबारे सहमति भएको बताईएको छ ।

देउवा समूह र महामन्त्री कोइराला पक्षबीच अनौपचारिक सहमति जुटे पनि पौडेल पक्षमा भने सहमति जुटाउन बाँकी छ। पौडेल आजको केन्द्रीय समिति बैठक नै बहिस्कार गरेर काठमाडौं बाहिर जानुभएको छ ।

५० कटेका ढुंगानालाई नेवि संघको अध्यक्ष बनाउने प्रस्ताव सभापति देउवाले पदाधिकारी बैठकमा गरेपछि विवाद बढेको थियो। स्रोतका अनुसार देउवा र कोइराला समूहबीच उक्त विषयमा अनौपचारिक सहमति जुटेको छ।

देउवा र कोइराला समूहबीच अनौपचारिक सहमति जुटे पनि पौडेल पक्षसँग सहमति जुटन बाँकी छ। आजै साझ सम्ममा पौडेलसँग पनि छलफल गर्ने तयारी रहेको बताईएको छ ।

गत शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठकमा भाग लिन पौडेल सानेपा गए पनि बैठकमा भने सहभागी हुनुभएन । उहाँ आफ्नै कार्यकक्षमा बसेर फर्किएपछि देउवाले ९ बुँदे अजेन्डा बैठकमा राख्नुभयो ।

उक्त बैठकमा पौडेलसहित महामन्त्री कोइराला, कृष्णप्रसाद सिटौलालगायत अनुपस्थित भएका थिए भने सानेपा पुगेर पनि सिटौला पक्षका गगन थापा पनि केन्द्रीय समिति बैठकमा पसेका थिएनन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ