कांग्रेस नेता पौडेल पक्षद्धारा आजपनि केन्द्रीय समिति बैठक बहिस्कार, सहमती नभएसम्म सहभागी नहुने

कांग्रेस नेता पौडेल पक्षद्धारा आजपनि केन्द्रीय समिति बैठक बहिस्कार, सहमती नभएसम्म सहभागी नहुने

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, २९ मंसिर ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विवाद थप चर्कदै गएको छ । सभापति शेरवहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहको आ आफ्नै अडानका कारण विवाद समाधान हुनुको साटो बढ्दे गएको हो ।

सभापति देउवाले एकलौटि रुपमा आफु अनुकुल विभागहरु प्रस्ताव गरेपछि यसअघिको केन्द्रीय समिति बैठक बहिस्कार गरेको नेता रामचन्द पौडेल समूहले आजको बैठक पनि बहिस्कार गरेको हो । पौडेल पक्षले १४ औ महाधिवेशनको कार्यतालिकालाई केन्द्रीय समिति बैठकको एजेण्डा नबनाएसम्म बैठकमा नजाने जनाएको छ ।

यसअघि बिहीबार रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेपछि आजका लागि बैठक सारिएको बैठकमा सहमती जुटाउन सभापति देउवाले असन्तुष्ट पौडेल पक्षलाई सहमतिमा ल्याउन विभिन्न छलफल गर्नुभएको थियो । तर उक्त छलफलमा पनि सहमती हुन नसकेपछि आजको बैठकमा पनि पौडेल समूहले बहिस्कार गर्ने भएको हो ।

बैठकमा दुवै नेताहरुले समस्या समाधानका लागि सहमति खोज्ने जिम्मा पाएका पौडेल पक्षका नेता प्रकाशमान सिंह र देउवा पक्षका विमेन्द्र नीधिबीच पनि हिजो साझ छलफल भएको थियो । तर सहमती हुन नसक्दा आजको बैठक पनि अन्योल भएको छ ।

केन्द्रीय समिति बैठक अघि आज पुर्ब महामन्त्री प्रकाश मान सिंह र महामन्त्री डा शशांक कोईराला बिच पनि विवाद समाधानका बिषयमा छलफल भएको छ । उक्त छलफलपछि नेताहरुले आजको बैठकमा उपस्थित नहुने निर्णय गरेका छन् ।

आजै साझ वरिष्ठ नेता रामचन्द्र पौडेलसँग थप छलफल गरि सहमतीको प्रयास गरिने पनि नेताहरुले बताएका छन् । आज दिनभर छलफल गरी विवाद समाधानका लागी छलफल जारी राख्ने पौडेल पक्षीय नेताको भनाई छ ।

पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति नहुँदा कांग्रेसमा बढ्दै गएको विवाद सतहमा आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ