आन्तरिक विवाद समाधान गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

आन्तरिक विवाद समाधान गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, २९ मंसिर ।

नेपाली कांग्रेस केन्दीय कार्यसमितको बैठक आज बस्दैछ । यसअघि बिहीबार रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेपछि आजका लागि बैठक सारिएको हो ।

त्यसपछि सभापति देउवाले असन्तुष्ट पौडेल पक्षलाई सहमतिमा ल्याउन विभिन्न छलफल गर्नुभएको थियो । सभापति देउवा हिजो बिहान नेता पौडेल निवास पुगेर सहमतिका लागि तयार रहेको बताउनु भएको थियो ।

उहाँले पौडेल पक्षको माग अनुसार नै अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको नेताहरुले जनाएका छन् ।

बैठकमा दुवै नेताहरुले समस्या समाधानका लागि सहमति खोज्न दोस्रो तहका नेतालाई जिम्मा लगाएका थिए । हिजो साँझ पौडेल पक्षका नेता प्रकाशमान सिंह र देउवा पक्षका विमेन्द्र नीधिको नेतृत्वमा सिंह निवास चाक्सिबारीमा छलफलसमेत भएको बताइएको छ ।

पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति नहुँदा कांग्रेसमा बढ्दै गएको विवाद सतहमा आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ