एकताको बाँकी काम तथा सांगठानिक संरचनालाई पूर्णता दिन नेकपाको सचिवालय बैठक बस्दै

एकताको बाँकी काम तथा सांगठानिक संरचनालाई पूर्णता दिन नेकपाको सचिवालय बैठक बस्दै

  • शनिबार, मंसिर २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

मंसिर २८, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

उपनिर्वाचनको रिपोर्ट, पार्टी एकताका बाँकी काम टुङग्याउने तथा भोलि बस्ने स्थायी समिति बैठकको एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो ।

काठमाडौंको धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यलयमा अपरान्ह ३ वजेपछि बस्ने बैठकमा पार्टीको सागठानिक संरचनाका साथै जिल्ला समितिबाट आएका उपनिर्वाचनको रिर्पोटबारे छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेपछि चुनावी गतिविधीको सम्पूर्ण रिपोर्ट केन्द्रमा बुझाउन सचिवालयले जिल्ला समितिहरुलाई निर्देशन दिएको थियो ।

सोही रिपोर्टबारे आज सचिवालयमा छलफलपछि भोलि बस्ने स्थायी समिति बैठकमा विस्तृत छलफल हुने नेता खनाललले बताउनुभयो ।
यस्तै बैठकमा एकताको बाँकी काम तथा सांगठानिक संरचनालाई पूर्णता दिने विषयमा पनि छलफल हुने नेताहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ