काठमाण्डौं मंसीर २७ । शुक्रबार ससदको अन्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको बैठक थियो । बैठकमा गृहमन्त्री राम बहादुर थापा सहित उपस्थित थिए ।
भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेको बिषयमा सरकारले अहिले सम्म के गर्यो भन्ने बारे केही पनि थाहा नभएको भन्दै गंभीर आलोचना गरे ।
नापी विभागको तर्फबाट आफ्नो जग्गा राखेर नक्सा बनाउन के ले रोक्यो रावलले पार्टीकी मन्त्री पद्मा अर्यालप्रति लक्षित गर्दे प्रश्न गरे ।
बिशेष दुत पठाउने कुरा के हो ? वार्ताबाट समाधान गर्ने र प्रमाणहरु पेश गरेर भारतलाई पछि हट्न बाध्य बनाउने कुरा के भयो ?
उनी यसरी जगिए पछि अर्का सासद सरीता गिरीले सिमा विवाद भारत र चीनको बीचमा समेत रहेको भन्दै नेपालमा उठेको विवाद नेपालको आन्तरीक राजनीतिक खपतका लागि भएको भन्ने भारतीय एक कुटनैतिज्ञको सन्दर्भ जोडे पछि रावल र गिरीबीच भनाभन जस्तै भएको थियो ।
त्यस पछि समितिकी सभापति पवित्रा निरौलाले हस्तक्षेप गरेर दुवैलाई बोल्न रोक लगाई अर्का सासदलाई बोल्न दिएका थिए ।