लिम्पीयाधुरालाई समेटी नयाँ नक्सा जारी गर्ने पहल भैरहेको छः मन्त्री अर्याल

लिम्पीयाधुरालाई समेटी नयाँ नक्सा जारी गर्ने पहल भैरहेको छः मन्त्री अर्याल

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, मंसिर २७ ।
भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताउनु भएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गर्नु भएको हो ।

अहिलेसम्म प्राप्त तथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको देखाएको समेत उहाँले बताउनुभयो । भारतले नयाँ नक्सा जारी गरेपछि नेपालाले कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा रहेको बताउँदै उहाँले प्रधानमन्त्रीको मनसाय प्रधानमन्त्री स्तरीय वार्ताबाटै गर्ने तयारी रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ