सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित

सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, २७ मंसिर ।

नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते आइतवार ११ बजेका लागि तोकिएको छ ।

त्यसअघि आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक एवं संगठनात्मक प्रतिवेदनलाई आज अन्तिम रुप दिने तयारी गर्नुभएको छ ।

सचिवालय र स्थायी कमिटी बैठकमा पेस गर्ने गरी आवश्यक परामर्श गरेर आज प्रतिवेदनलाई अन्तिम रुप दिने अध्यक्ष दाहालको तयारी छ

पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएपछि दाहालले पहिलो पटक लिखित प्रतिवेदन पेस गर्न लाग्नुभएका हो । प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सचिवालयका सदस्यहरु र केही मन्त्रीहरुसँग परामर्श गरेर प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनिसकेको दाहाललाई उदृत गर्दै सेतले जानकारी दिएको छ ।

दाहालले तयार गरेको प्रतिवेदनमा पार्टी र सरकारका काम र उप–चुनावको समीक्षासागै आगामी कार्ययोजना पनि छ । यसबाहेक दाहालले तयार गरेको प्रतिवेदनमा पोलिटव्यूरो गठनको प्रस्ताव, पार्टी–संगठनको परिचालन र देशव्यापी संगठन सुदृढीकरणको अभियान चलाउने प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ