मंसिर २६, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक एवं संगठनात्मक प्रतिवेदनलाई आज अन्तिम रुप दिने तयारी गर्नुभएको छ ।
शनिबार बस्ने सचिवालय र आइतबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने गरी आवश्यक परामर्श गरेर आज प्रतिवेदनलाई अन्तिम रुप दिने अध्यक्ष दाहालको तयारी छ
पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएपछि दाहालले पहिलो पटक लिखित प्रतिवेदन पेस गर्न लाग्नुभएका दाहालले प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनिसकेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सचिवालयका सदस्यहरु र केही मन्त्रीहरुसँग परामर्श गरेर दाहालले राजनीतिक एवं संगठनात्मक प्रस्ताव बनाएको एक नेताले जानकारी दिए ।
दाहालले तयार गरेको प्रतिवेदनमा पार्टी र सरकारका काम र उप–चुनावको समीक्षासागै आगामी कार्ययोजना पनि छ । यसबाहेक दाहालले तयार गरेको प्रतिवेदनमा पोलिटव्यूरो गठनको प्रस्ताव, पार्टी–संगठनको परिचालन र देशव्यापी संगठन सुदृढीकरणको अभियान चलाउने प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।