नेपाली कम्युनिस्ट शासन रुचाउँदैनन्ः नेत्री कोइराला

नेपाली कम्युनिस्ट शासन रुचाउँदैनन्ः नेत्री कोइराला

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपाली संस्कार र संस्कृति नै प्रजातान्त्रिक भएकाले मुलुक कम्युनिस्ट सिद्धान्तमा चल्छ भनेर आत्तिरहनु नपर्ने बताएकी छिन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन, सिन्धुपाल्चोकले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपाल कम्युनिस्ट मुलुक बन्न नसक्ने जिकिर गरिन् ।

विश्वभर प्रजातन्त्र कमजोर बनिरहेका बेला नेपालमा प्रजातान्त्रिक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने नेत्री कोइरालाको सुझाव थियो ।

‘नेपाली जनता प्रजातन्त्रसँग रमाउन चाहन्छन् । त्यसैले सहमति, सहकार्य र एकताका आधारमा कांग्रेसले सबै विचार र सिद्धात बोकेका दल र व्यक्तिहरुलाई साथ लिएर हिँड्नुपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘प्रजातान्त्रिक विधि र पद्दति बुझेका जनतालाई जबर्जस्त कम्युनिस्ट भनिरहनु जरुरी छैन ।’
कार्यक्रममा प्राध्यापक तथा विश्लेषक डा. जयराज आचार्यले गिरिजाप्रसाद कोइरालाको जस्तो विचार र सांगठनिक भूमिका आजको कांग्रेसलाई आवश्यक रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ