पप्पुसँग हुलाकी राजमार्ग अन्तर्गतको दुई पुलको ठेक्का तोडियो

पप्पुसँग हुलाकी राजमार्ग अन्तर्गतको दुई पुलको ठेक्का तोडियो

  • बुधबार, मंसिर २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं २५ मंसिर ।
हुलाकी राजमार्ग अन्तर्गतको दुई पुलको निर्माण समयमै नसकिएछि सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग योजना कार्यलयले ठेक्का सम्झौता तोडेको छ ।

हुलाकी राजमार्ग अन्तर्गत भैरहवा लुम्बिनी सडक अन्तर्गतको लिनाउखोला पुल र सोही सडक खण्डको डोण्डा पुलको निर्माण ठेक्का रद्द भएको हो । यी दुवै पुल निर्माणको ठेक्का पप्पुरवास्ती जेभीले लिएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले आज सूचना निकाल्दै उक्त ठेक्का सम्झौता रद्द भएको जानकारी दिएको छ । गत असार ३ गते सूचना निकाल्दै आयोजनाले निर्माण कम्पनीलाई निर्माण कार्य छिटो सक्न आदेश दिएको थियो । त्यस्तै, भदौ ४ गते पुनः सूचना निकाल्दै काम ढिलो भएकोमा स्पष्टिकरण पनि मागेको थियो ।

त्यसपछि निर्माण कम्पनीले कार्यसंशोधन गर्ने नयाँ कार्यतालिका बनाएर काम अघि बढाएपनि निर्माण कम्पनीले गरेको काममा आश्वस्त हुन नसकेको भन्दै कार्यालयले कानुन अनुरूप नै ठेक्का तोडेको बताएको छ । सूचनामा एक हप्ताभित्र निर्माणस्थल खाली गर्न समेत आयोजनाले निर्माण कम्पनीलाई आदेश दिएको छ ।

आयोजनाले उक्त निर्माण कम्पनीले गरेको कामको भुक्तानीका लागि मंसिर २९ देखि पुस ६ सम्म निरीक्षण टोली पुग्ने सूचनामा उल्लेख छ । काठमाडौं उपत्यकाको तीनकुने र टेकुमा पप्पु कन्ट्रक्सनले निर्माण गरिरहेको दुवै पुल भत्काइने भएको छ । गुणस्तरहीन काम भएको भन्दै पुल भत्काउन लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ