गृहमन्त्रीलाई प्रमुख अतिथि देखे पछि केही सहभागीले मानव अधिकारको कार्यक्रम गरे बहिष्कार

गृहमन्त्रीलाई प्रमुख अतिथि देखे पछि केही सहभागीले मानव अधिकारको कार्यक्रम गरे बहिष्कार

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

मंसीर २४ काठमाण्डौं । द्धन्द पीडित केही परिवारका प्रतिनिधिले राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई प्रमुख अतिथि बनाएको भन्दै कार्यक्रम नै बहिष्कार गरेका छन् ।
७१ औं अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मंगलबार ललितपुरस्थित आयोग परिसरमा आयोजित कार्यक्रममा तत्कालीन माओवादी नेता एवं गृहमन्त्री थापालाई प्रमुख अतिथि देखेपछि केही द्धन्द पीडितहरू रूँदै बाहिरिएका थिए ।
माओवादी पीडित भनिएकी सावित्री श्रेष्ठले आयोगले थापालाई प्रमुख अतिथि बनाएको देखेपछि कार्यक्रम नै बहिस्कार गरिन् ।
श्रेष्ठले मुलुकमा हत्या र हिंसा मार्फत् निरापराध नागरिक मार्ने कार्यमा संलग्न ठानिएका व्यक्तिलाई नै प्रमुख अतिथि बनाएकाले यस्तो कार्यक्रममा आफू बस्न नसक्ने भन्दै बाहिरीएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ