जसलाई आफ्नो खुट्टा गुमेको थाहा छैन

जसलाई आफ्नो खुट्टा गुमेको थाहा छैन

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

२४ मंसिर, काठमाडौं । सोमबार दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो ।

कोही हात रिपार्टको झोला बोकेर पालो कतिबेला आउला भनेर आँखा डुलाइरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए । अस्पतालको पहिलो तल्लाको रुम नं १०२ बिरामीका आफन्तहरु रिपोर्टको व्यग्र प्रतिक्षामा थिए ।

त्यही भीडमा थिए प्रकृति चन्दका काका र काकी। भतिजीको उपचारका लागि आएका उनीहरुको मुहारमा त्यो निराशापन झल्किएको थियो।

उनीहरुसँगको कुराकानीका क्रममारातो कुर्ता सुरुवालमा सजिएकी एक महिला आइपुगिन् ।

अनुहारमा पीडा, हतास र संशयसहित उनी हातिरिँदै प्रकृतिका काका र काकी नजिकै आइन्। उनी रहेछिन् प्रकृतिका आमा, भगवती शाही ।

आइतबार कोहलपुर एनटिभी रोडकी १२ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको थियो ।

विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना हुन पुगेकी छन् । आफूलाई के हुँदैछ भन्नेमा उनी स्वयंम अनभिज्ञ छिन् ।

त्यो भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरुसँग रमाइरहेकी हुन्थिन् होला, आफ्नो गृहकार्य गरिरहेकी हुन्थिन् होला। कक्षामा सधैँ झै अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला,ु प्रकृतिका काकाले भने। जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन् ।

यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ ।

दर्दनाक दुर्घटनाले प्रकृतिको गुमेको खुट्टा त फर्केर आउने छैन तर उनमा आत्मविश्वास र आत्मबल गुम्न नदिनको लागि बलियो भएर बसेका छन् प्रकृतिको परिवार । विशेषगरी उनकी आमा ।

जब उनले आफ्नो खुट्टा गुमाएको थाहा पाउलिन् त्यो क्षण कस्तो होला ? उनले आफूले कसरी स्वीकार गर्लिन् ? मानसिक आघातबाट गुज्रिरहेकी उनी फेरि कहिल्यै सुरक्षित तरिकाले विद्यालय जान पाउलिन् ? एक दिनमा नै उनको जीवन कायापलट भएको छ । के फेरि प्रकृतिको जीवनमा पालुवा पलाउला त ? –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ