सरकारले पानीजहाज चलाउने, रेल भित्र्याउनेलगायतका विकासे योजनाले जनतालाई झुक्यायोः कोइराला

सरकारले पानीजहाज चलाउने, रेल भित्र्याउनेलगायतका विकासे योजनाले जनतालाई झुक्यायोः कोइराला

  • सोमवार, मंसिर २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

विराटनगर २३ मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेकपा नेतृत्वको सरकारसँग विकास र समृद्धिको योजना नरहेको दावी गर्नुभएको छ । उहाले सरकार जनताप्रति उत्तरदायी भन्दा पनि जनतालाई ठूला–ठूला सपना बाँड्ने र झुटा आश्वासन दिनेमा केन्द्रित रहेको आरोप लगाउनु भएको हो ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले सरकार गठन भएको दुईवर्ष बितिसक्दा समेत विकास र समृद्धिको योजनाविहीन रहेको र जनतालाई केन्द्रविन्दुमा राखेर विकास निर्माणको कुनै काम गर्न नसक्नुले । सरकार पुरै असफल भइसकेको उहाको भनाई छ ।

उहाले सरकारले पानीजहाज चलाउने, रेल भित्र्याउने लगायतका ठूला विकासे योजनाको नारा जनतालाई बाँड्ने काम मात्र गरेको टिप्पणी गर्नुभएको छ ।

अर्को प्रसंगमा महामन्त्री कोइरालाले हिन्दुराष्ट्र आफनो एजेन्डा नभएको बताउदै धर्म स्वतन्त्र हुनुपर्ने र त्यसको लागि जनमत संग्रह गराउनुपर्ने पक्षमा आफू सधैं रहेको बताउनु भएको छ । महामंत्री कोइरालाले कांग्रेसका महाधिवेशनको मिति तोकिएको समयमा हुनुपर्नेमा पनि जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ