नेप्सेमा सुधार

नेप्सेमा सुधार

  • आइतवार, मंसिर २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३।४५ विन्दुले बढेर एक हजार १३५।३७ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १।७५ विन्दुले बढेर २५०।५२ मा पुगेको छ । नेप्से बढ्दा कारोवार रकम पनि केही बढेको छ । कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर रु २८ करोड ७५ लाख २७ हजार ८२५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपममूहमध्ये छ उपसमूहका शेयर उकालो लागेका छन् भने छ उपसमूहका शेयर ओरालो लागेका छन् । बैंकिङ ०।४८, व्यापार ८।९७, होटल ८।९५, विकास बैंक ५।५९, अन्य १९।४७ र लघुवित्त १७।०९ विन्दुले बढेका छन् ।

यस्तै जलविद्युत् ४।६४, वित्त १।७९, निर्जीवन बीमा ३४।३, उत्पादन ८।२३, जीवन बीमा ११।६४ र सामूहिक लगानी कोष ०।०१ विन्दुले घटेको छ । नेप्सेका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरको कारोवार शीर्ष स्थानमा रहेको छ । सो कम्पनीका संस्थापक शेयर रु दुई करोड १३ लाख ३६ हजार बराबरको कारोवार भए । मुक्तिनाथ विकास बैंक रु एक करोड ७२ लाख ४९ हजार ७१६, एनएमबी बैंक रु एक करोड ६१ लाख ७७५, नेपाल लाइफ इन्स्योरेन्सक कम्पनी रु एक करोड २९ लाख ११ हजार ९९३, एनआइसि एशिया रु ९९ लाख ७१ हजार ६१२ र सिभिल बैंक रु ९६ लाख १४ हजार २३५ को कारोवार भई शीर्ष स्थानमा रह्यो ।

नेप्सेका अनुसार कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले ७।१० प्रतिशतले कमाउदा स्वरोजगार लघुवित्त विकास बैंक ५।९६, युनियन हाइड्रोपावर ५।८८, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ५।६३, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५।३०, नयाँ नेपाल लघुवित्त विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४।८५ प्रतिशतले कमाए । त्यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३।८४, आँखु खोला जलविद्युत् कम्पनी ३।५०, हिमालयन ऊर्जा विकास कम्पनी तीन, घोडाघोडी लघुवित्त वित्तीय संस्था २।७५, राष्ट्रिय बीमा कम्पनी २।५९ र अरुण काबेली पावरका शेयरधनीले २।५८ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ