ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार पर्योः देउवा

ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार पर्योः देउवा

  • शुक्रबार, मंसिर २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

मंसीर २० काठमाण्डौं । भारतले नेपालका प्रधानमन्त्री केपी ओलीसगै सहमति गरेर नयाँ नक्सा जारी गरेको हुन सक्छ भनेर गंभीर आरोप लगाएका काग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको टिप्पणी गरेका छन् ।
देउवाले भने, सबै प्रमाण हुँदा पनि अन्तर्राष्ट्रिय जगतलाई कालापानी र लिपुलेक नेपालको भूभाग हो भनेर बुझाउन नसक्नु वर्तमान सरकारको कमजोरी हो । महाकाली सन्धिमा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो भनेर स्पष्ट उल्लेख गरिएको प्रमाण हुँदा पनि सरकारले ती भूभाग नेपालकै हुन् भनेर कूटनीतिक पहल गर्न नसकेको  बताए ।

नेपाल प्रेस युनियन पुर्वी नवलपरासीले कावासोतीमा गरेको सूर्यभक्त पतानादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै देउवाले राष्ट्रियताको सवालमा सरकारलाई साथ दिन कांग्रेस प्रतिबद्ध रहेको बताए । पूर्वप्रधानमन्त्री देउवाले सरकारको तर्फबाट भारतसँग तत्काल वार्ता थाल्न आग्रह गरे ।

मिडिया विधयेक ल्याएर सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको भन्दै उनले सरकारको आलोचना गरे । पत्रकारलाई जेल हाल्ने व्यवस्था विश्वमा कतै नरहे पनि वर्तमान सरकारले त्यस्तो विधयेक मस्यौदा गरेको र त्यसलाई कांग्रेसले बिफल पार्ने उनले सुनाए ।

यस वर्षको सूर्यभक्त पतानादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ । पुरस्कार राशि २५ हजार, ताम्रपत्र रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ