नेकपाद्धारा नेपालको पूर्ण नक्सा देशभर प्रदर्शन

नेकपाद्धारा नेपालको पूर्ण नक्सा देशभर प्रदर्शन

  • शुक्रबार, मंसिर २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ , २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी भारतीय अतिक्रमणबिरुद्ध देशैभर जुलुुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्साको प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावासअगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रम अनुसार बिहीबार कालिकोट, अछाम, कञ्चनपुर, कैलाली, बाजुरा, बर्दिया, दाङ, कपिलवस्तु, नवलपुर, चितवन, मकवानपुर र झापा लगायत देशका विभिन्न जिल्लामा नक्सा प्रदर्शन गरेको छ ।

यसैक्रममा कालिकोटमा नक्सा प्रर्दशनपछि जनसभा सम्पन्न भएको छ । उक्त जनसभालाई जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेको बताइएको छ । बेजोड कलाकारको प्रस्तुतीसहित सम्पन्न सभामा बोल्दै सेक्रेटरी रणदिपले बरु मर्छौ तर नेपाल गुम्न नदिने उद्घोष गर्दै गुमेको नेपाल फिर्ता ल्याएर छोड्ने ठोकुवा गरे ।

उनले भने – ‘यो कसैबाट सम्भब छैन मात्रै नेकपाको नेतृत्वमा सम्भव छ किनकी सबै दल र तिनका नेताहरु भारतले खरिद गरिसकेकाले बोल्ने हिम्मत छैन, बोले सत्ता गुम्ने डरले चुप लाग्नु बाध्यता छ ।’ तसर्थ मात्रै यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्छ सबै राष्ट्रवादीले साथसहयोग गर्नुपर्ने बेला आएको धारणा राखे ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी झापाले पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार बिहिबार विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी श्रीजंगले झापालि जनसमुदायको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताए । राष्ट्रियताको पक्षमा बोल्दा आफुहरुलाई प्रतिबन्धित गर्दै केपि पिके सरकारले देशको सिमाना भारतले मिच्दा समेत कुनै पहल नगरेको भन्दै उनले सरकार दिल्लीको दलाल भएको र यो सरकारले जनता र देशको रक्षा गर्न नसक्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ