उदयपुर अस्पतालको हालत बेहाल, उदयपुरका युवाले थाले सुधारका पहल (तस्वीर सहित )

उदयपुर अस्पतालको हालत बेहाल, उदयपुरका युवाले थाले सुधारका पहल (तस्वीर सहित )

  • शुक्रबार, मंसिर २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जुरुङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना ९ बेडसिट, जतासुकै फालिएका मेडिकल ग्लोब ९पन्जा, वरिपरि पानी जम्ने खाल्डाहरू र मच्छर फैलाउने झाडी।।।यो कुनै सिनेमा सुटिङ गर्नका लागि बनाइएको भूतघरको दृष्य होइन ।

उदयपुरको गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरको नाजुक अवस्था झल्काउने दृष्य हो । बिहीबार जब जिल्ला फुटबल सङ्घको अगुवाइमा अस्पताल निरीक्षणका लागि उदयपुरे युवाहरू पुगे, त्यहाँका स्थिति देखेर उनीहरू आश्चर्यचकीत र आक्रोसित भए ।

बिमारी भएर उपचारका लागि जाने ठाउँमा बिमारी त सद्धे मानिस पनि जाँदा बिमारी हुने अवस्था देखेर हामीलाई दुःख लाग्यो, युवा समूहका नेतृत्व गरेर गएका अखिल नेपाल फुटबल संघ ९एन्फा०का राष्ट्रिय प्रवक्ता एवं नेकपा नेता किरण राईले भने, गरिब दुःखी उदयपुरे खासगरि त्रियुगा नगरपालिकाका जनसमुदायले उपचारार्थ प्रयोग हुने अस्पतालको अवस्था सुधार गर्नको लागि अस्पताल विकास समितिका अध्यक्ष  प्रमुख खडग परियार तथा नगर प्रमुख बलदेव चौधरीको ध्यानाकर्षण गराएका छौं ।

अस्पताल व्यवस्थापन प्रमुखलाई न्यूनतम सरसफाइ, अन्धकारमय अस्पतालको बत्ती मर्मत, अनावश्यक झाडी फडानी गर्नको लागि निर्देशन दिइएको राईले बताए ।

सरकारबाट निस्शुल्क उपलब्ध हुने ७० प्रकारको औषधि मध्ये २०-३० प्रकारको औषधि मात्र उपलब्ध भएको पनि फेला परेको उनले बताए ।

सबै समस्याहरू एक साताभित्र सुधार गर्ने प्रतिबद्धता लिएर आएको र यदि तोकिएको समयमा सुधारका लक्षण नदेखिए नागरिक सरोकारवालाको हैसियतले समाजिक अभियान थलिने नेता राईले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी