मंसीर १९ काठमाण्डौं । राष्ट्रपति विद्या भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण टिचिङ अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेकी छिन् ।
प्रधानमन्त्री ओली आजै अस्पतालबाट डिस्चार्ज हुने भएपछि राष्ट्रपति भण्डारी ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमै गएकी हुन् ।
प्रधानमन्त्री ओली बिहीबार अपराह्न ३ बजे डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्वीट गर्दै, ‘ सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३ः०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’ जानकारी दिएका हुन् ।
गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
राष्ट्रपति भण्डारी यसअघि मंसिर १२ गते साँझ पनि प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेकी थिइन् ।